८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम

तपाईले कति ठूलो फर्सी देख्नु भएको छ ? सायद ५ किलो वा १० किलोको हुन सक्ला ।औसतमा फर्सिको वजन ५ देखि १० किलोसम्म हुने गर्छ । तर क्यानडाको ब्रुस काउन्टिस्थित पोर्ट एल्गिन गाउँमा ८ सय किलो भन्दा बढी तौलको फर्सी प्रर्दशनीका लागि राखिएको थियो ।क्यानडाको पोर्ट एल्गिन गाउँमा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । हालै भएको उक्त प्रतियोगितामा क्यानडाको ओन्टारियोस्थित क्यामेरोनका बान्सिदा जेन र फिल हन्ट दम्पत्तिले ८ सय ३ किलोको फर्सी प्रर्दशनीमा ल्याएका थिए ।

प्रदर्शनीमा राखिएका चिजहरुमध्य सबैभन्दा ठूलो आकारको फर्सीलाई विजेता गरिएको थियो । फर्सी फलाउने ती दम्पत्ति पुरस्कृत भएका थिए ।सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।उक्त प्रतियोगितामा अरु प्रजातीका तरकारी तथा फलफूलको समेत प्रतिस्पर्धा भएको थियो ।जसमा ५७ केजीको खरबुजा, १२७ इन्च लम्बाईको लौका, २१ केजी बन्दागोबी, साढे २ केजीको टमाटर, २ सय ३९ इन्च लम्बाईको मकैको बोट, १०६ केजीको कुभिण्डो, ८ केजीको काँक्रोका साथै आधा केजीको खोसार्नी लगायतले पुरस्कार जितेका थिए ।

काठमाडौं : मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो। मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ। दैनिक जीवन सरल बनाउन भित्रिएको मोबाइल प्रविधिबिना घरबाट निस्कँदैनन्। घरमा बस्दा पनि मोबाइल नै चाहिन्छ। फुर्सदको समय व्यवथित गर्न होस् वा व्यस्त बन्ने माध्यम खोज्ने तरिका, आजकल सबै काम मोबाइलबाटै हुन्छ।

सञ्चार सारथिको रूपमा भित्रिएको मोबाइल फोन अहिलेको व्यापार व्यवसाय, इन्टरनेट, सपिङ अर्थात बालेट साथी पनि भइसकेको छ। प्रविधि विकाससँगै मोबाइल प्रयोग बहुआयामिक हुँदै छ। मोबाइलबाटै विश्वकै कुनै पनि कुनाको गतिविधि जान्न सक्ने र गफगाफ हुने भएकाले पनि मोबाइल दैनिक जीवनयापनको माध्यम बनेको हो।

नेपालमा मोबाइल सेवाको इतिहास त्यति लामो छैन। नेपाल टेलिकमले २०५६ सालदेखि सर्वसाधारणलाई पोस्टपेड र २०६० देखि प्रिपेड सिमकार्ड वितरण गर्न थालेपछि विस्तारै नेपालीको पहुँच बढ्दै गएको हो। २०६२ पछि एनसेल (तत्कालीन मेरो मोबाइल)ले टेलिकमसँग प्रतिस्पर्धा गर्दै मोबाइल सेवा सुरु गर्‍यो। त्यसपछि सर्वसाधारणको पहँुच अझै सहज हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *