सीमा विवाद हल गर्न भारत तयार, पत्र पठायो

पुस ८, २०७६ काठमाडौं : भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ। भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो। नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो। पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ। ‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ। सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेनन्।

चितवन : भरतपुरमा निर्माण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो। नारायणी नदीमा आइतबार ‘क्रुजसीप’ संचालन गरेर परीक्षण गरेपछि निर्माणकर्ता खुसी छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए।

मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । ‘दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, ‘कंडेलले भने, ‘ नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला भन्ने थियो।’भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएपछि समय लागेको हो । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।

एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज निमार्ण गरिएको छ । यो जहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो।भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन पछि संचालन गर्न सकिने निस्कर्ष निकालेका थिए । उक्त सीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीको दावी छ। यसको तौल १० टन छ। निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुज निर्माणको काम पूर्ण भइसकेको छैन । क्रुजमा दुईवटा इञ्जिनमध्ये एउटा मात्रै संचालन हुने छ । एउटा इञ्जिनमा समस्या आएमा मात्रै अर्को चलाइन्छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले आधुनिक प्रविधिको मेसिन राखिएको बताए। ‘ परीक्षणबाट हामी उद्देश्यमा सफल भएका छौं’, उनले भने, ‘जलपर्यटनका लागि सुरक्षित छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *