सवारी लाइसेन्स लिन अब सजिलो छैन

काठमाडौं / सरकारले ठूला सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै लाइसेन्स लिनका लागि तीनमहीने कोर्ष नै लिनुपर्ने गरी संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेको छ ।हाल सामान्य लिखित परीक्षापछि ट्रायल दिएर ट्रायलमा पास भएपछि विभागले लाइसेन्स दिइरहेकोमा ठूला सवारीसाधनका लागि लाइसेन्समा कडाइ गर्दै विभागले परीक्षाको स्वरूप परिवर्तन गर्न लागेको हो ।

विभागका अनुसार उक्त मस्यौदा पास भएर ऐन बनेपछि सवारी चालकले तीनमहीने कोर्ष लिएर मात्रै लिखित परीक्षा दिन पाउनेछन् ।उक्त परीक्षामा पास भएपछि चालकले ट्रायल दिनुपर्नेछ । तर, उक्त ट्रायलमा पास हुँदैमा चालकले लाइसेन्स पाउने छैनन् ।विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘ट्रायलपछि चालकले सडकमा ६ महीनासम्म सवारी चलाउनुपर्नेछ र सडकको रिपोर्ट राम्रो आएपछि मात्र चालकले लाइसेन्स पाउनेछन् ।’ उक्त रिपोर्ट कार्ड राम्रो नभए क्रमशः ३र३ महीना म्याद थपिने उनले बताए ।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पुर्‍याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ। बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।

केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ। देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। केन्द्रीय समिति बैठकका निर्णयविरुद्ध असन्तुष्ट नेताको छलफल शनिबार शशांक निवास महाराजगञ्जमा भयो। छलफल सकिएपछि पत्रकारसँग कुरा गर्दै नेताहरुले शुक्रबार पार्टी सभापतिले गरेका निर्णयप्रति चर्को आपत्ति जनाएका छन्।

‘नेकपा सरकारले दुई तिहाइका नाममा अधिनायकवादी चरित्र अपनायो भन्दै विरोध गरिरहेका छौँ’, पौडेलले भने, ‘तर, पार्टी भित्र नै बहुमतले जे पनि निर्णय गर्दा पार्टीभित्रै लोकतन्त्र कहाँ छ ?’उनले पार्टी सभापति देउवाको अधिनायकवादी सोचका साथ गरेका निर्णय स्वीकार्य नहुने प्रष्ट पारे। ‘बहुमतको आडमा भएको निर्णयले कांग्रेसलाई अझ धरासायी बनाउँछ’, उनले भने, ‘केन्द्रीय समितिका निर्णय हामीलाई स्वीकार्य छैन।’ एउटा व्यक्तिको सोचका कारण पार्टी कमजोर बन्नु नहुनेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *