शिल्पालाई जन्मदिनको शुभकामना दिँदै छविराज ओझाले लेखे यस्तो

काठमाडौं / चर्चित अभिनेत्री एवम् मोडल शिल्पा पोखरेलको आज शुभ जन्म दिन परेको । उनको जन्म १९९१ डिसेम्बर २३ मा बिराटनगरमा भएको हो । सानै उमेरमा राजधानी प्रवेश गरेकी पोखरेलको चाहाना भने, बाल्यकाल देखिनै कलाकार बन्ने रहेको उनी बताउँछिन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिश्रृङ्खला ‘घरपेटी’ बाट कलाकारितामा पाइला चालेकी शिल्पाले २०० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । शिल्पालाई नायिका बनाउने पहिलो चलचित्र हो लज्जा उक्त चलचित्र सन २०१४ मा निर्माण भएको थियो, निर्माता छविराज ओझाले उनलाई फिल्मनगरीमा प्रवेश गराएका हुन् ।

उनै छविराज ओझाको चलचित्रमा लगातार देखिएकी शिल्पाले अन्ततः “निर्माता ओझा सँगै केही बर्ष अगाडि सुटुक्क बिहे गरेकी थिइन् ।” तर; शिल्पाको जीवन अहिले अन्धकारमा छ भन्दा फरक नपर्ला’, किनकि निर्माता छविराज ओझा र शिल्पाको वैवाहिक सम्बन्धले केही समय अगाडि राम्रो चर्चा पाएको थियो । घरायसी विवाद प्रहरी परिसर सम्म पुगेपछि अहिले दुवैजना अलगअलग बस्न बाध्य भएका छन् । तर निर्माता ओझाको मनमा अझै शिल्पा फर्किन्छिन्की भन्ने झिनो आशा रहेको, आज उनले शिल्पालाई दिएको शुभकामनाको अनुसार अनुमान लगाउन सकिन्छ । ओझाले शिल्पाको जन्मदिनमा “ह्याप्पी बर्थ डे” मात्र लेखेर शुभकामना दिएका छन् ।

धरान : मिस पूर्वाञ्चल २०१९ को उपाधि मोरङ पथरी नगरपालिकाकी १९ वर्षीया रिजु भट्टराईले चुमेकी छन्। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति धरान सभागृहमा सम्पन्न भएको ग्रान्ड फिलानेमा प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन्।मिस पूर्वाञ्चलको ताजसँगै रिजुले नगद दुई लाख नगद पुरस्कार प्राप्त गरेकी छन्। उनले मिस पर्सनालिटीको उपउपाधि पनि हात पारिन्। रिजुले धरानस्थित यूएन कलेजमा अध्ययनका लागि छात्रवृत्ति र हङकङ भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन्। प्रतियोगिताका मुख्य निर्णायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै रिजुले मिस पूर्वाञ्चलको उपाधि हात पारेकी हुन्। उनलाई मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

प्रतियोगिताको फस्ट रनरअप खोटाङकी एन्जल राई घोषित भइन्। मिस मल्टिमिडिया र मिस फोटोजेनिकको टाइटल जिलेकी उनले नगद एक लाख पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताको सेकेन्ड रनरअप धरानकी सिम्रन लिम्बू भइन्। मिस इन्टरएक्चुअलको टाइटलसमेत जितेकी उनले नगद ५० हजार पुरस्कार प्राप्त गरिन्।प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस बेस्ट वर्क सुस्मिता बराइली र सिम्रन लिम्बू, मिस पन्चुअलको टाइटल श्वेता पोखरेल र मिस बेस्ट कम्प्लेक्सनको टाइटल विपना तामाङले हात पारे। टाइटल विजेतालाई नगद १५ हजार पुरस्कार प्रदान गरियो।

कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट २० जना युवतीले सहभागिता जनाएका थिए। यसअघिको प्रतियोगितामा २०१० मा झापाकी सविना सुब्बा, २०११ मा धरानकी प्रतिभा श्रेष्ठ, २०१२ मा धरानकी अस्मिता गुरुङ, २०१३ मा धरानकै नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियंका श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा धरानकी रुवि लिम्बू, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए।मिस पूर्वाञ्चलको दसौं संस्करणमा मिलान्ज फेसन इटहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *