यस्ता हस्त रेखा हुने व्यक्ति धनी हुन्छन्

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ । हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ । कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ?जौको चिन्ह : जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । त्यस्तो चिन्ह हुने मानिस धनी र बैभवशाली मात्र होइन भाग्यमानी पनि हुन्छन् । उनीहरुको समाजमा मान प्रतिष्ठा पनि उत्तिकै हुन्छ ।

शंखको चिन्ह : कुनैपनि व्यक्तिको हातमा शंखको चिन्ह हुनु पनि औधी राम्रो मानिन्छ । त्यस्ता ब्यक्ति बुद्धीमानी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । जुन व्यक्तिको पाँच वटा औंलामा शंखको चिन्ह छ भने त्यस्ता व्यक्ति विदेश भ्रमणमा गई नै रहन्छन् । समुन्द्र शास्त्रमा बताइए अनुसार त्यस्ता व्यक्तिले विदेशमा धन आर्जन पनि राम्रो सँग गर्न सक्छन् ।

चक्रको चिन्ह : जुन व्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुने समुन्द्र शास्त्रमा दाबी गरिएको छ । यति एउटा मात्र औंलामा चक्र छ भने चाहिं त्यस्ता व्यक्ति विद्वान हुन्छन् । कुनै व्यक्तिको दुइवटा औंलामा चक्र छ भने त्यस्तो व्यक्ति निकै नै सुन्दर हुने मानिन्छ ।सूर्य पर्वत : कुनैपनि व्यक्तिको हातको औंलाको फेदमा सूर्य पर्वत हुन्छ भने त्यस्ता व्यक्ति राजनीतिक र सरकारी उच्च क्षेत्रमा पुग्छन् ।

काठमाडौं : बैंकिङ र बिमासम्बन्धी कानुनको संशोधन अघि बढेका बेला केही विज्ञले यी दुवै क्षेत्रको नियमन गर्ने एउटै संस्था खडा गर्न सकिने बताएका छन्। अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत गरेका राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र बिमा ऐनका संशोधन विधेयक विचाराधिन छन्। ‘बिमासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ अहिले संसदीय समितिमा दफावार छलफको क्रममा छ। राष्ट्र बैंक ऐनको संशोधन विधेयक संसदीय प्रक्रियाको सुरुआति चरणमै छन्।

दुवै छाता ऐन संशोधनका क्रममा नियामक निकायका लागि बेग्लै अड्डा खडा गर्न सजिलो पर्ने जानकार बताउँछन्। पूर्वअर्थसचिव रामेश्वर खनाल केन्द्रीय बैंकबाट नियमन र सुपरीवेक्षणको कार्यक्षेत्र झिकेर बिमा समितिसँग ‘मर्ज’ गर्न सकिने बताउँछन्। उनले अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर भएकै बेला वित्तीय क्षेत्र नियमनका लागि बेग्लै संस्था स्थापना गर्न राष्ट्र बैंक सञ्चालक समितिमा अनौपचारिक प्रस्ताव राखेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *