केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्दै

काठमाडौं / पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र ‘झिँगेदाउ को निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइरहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । केहि दिन अघि आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए । अभिनेत्री आँचलले पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन अहिले भकुन्डेबेसीमा भइरहेको छ । यस चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।

राजनीतिक खिचातानीबाट तन्किएको सङ्क्रमण व्यवस्थापन २०७२ सालमा संविधान जारी भएपछि किनारा लागेको ठानिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगीकार गरेको नेपालको संविधानमा राजनीतिक, वित्तीय र प्रशासनिक संघीयताका विभिन्न प्रावधान छन्। राज्य तथा स्थानीय निकाय पुनर्संरचना भई तीन तहका जम्मा ७६१ सरकारको नेतृत्व निर्वाचित जनप्रतिनिधिहरूले गरेका छन्। राजनीतिक संघीयताको प्रचुर उपयोग र यसको आस्वादन राजनीतिक क्षेत्रले गरिरहेको छ।

वित्तीय संघीयता स्वरूप वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँटको हिस्सा प्राप्ति र राजस्व अधिकारको प्रयोग तहगत रूपमा भइरहेको छ। इतिहासमै स्थानीय तहमा यति धेरै स्रोत पुगेको छ कि स्रोतको न्यायोचित वितरण, उत्तम उपयोग र जावफदेही निर्वाहमा हम्मेहम्मे परेको छ। प्रशासनिक संघीयता वास्तविक प्राविधिक पक्ष हो। कार्य सम्पादनकर्ता यही हो। तर यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको दिनानुदिन सुनिँदै छ।

संघीयतामा रूपान्तरण राष्ट्रसेवक कर्मचारी रूपान्तरण भएनन्, भनेका काम गरेनन्, राजनीतिक क्षेत्रलाई टेरेनन् र राजनीतिक उद्देश्य पूरा गर्न सक्रिय र सहयोगी भएनन् भन्ने आरोप इतिहासकालदेखिकै हो। तर यसको कारण खोज्ने र राजनीतिक रूपान्तरणको वस्तुनिष्ठ मूल्यांकन हुन सकेको देखिँदैन। नेपालको संघीयता निर्माणमा अधिकार र स्रोतको बाँडफाँटमा जति चिन्तन भयो, जनशक्ति व्यवस्थापन र समग्र प्रशासनिक संघीयता व्यवस्थापनमा हुँदै भएन भन्दा हुन्छ। संविधान जारी गर्ने अन्तिम अवस्थामा संविधानको धारा २०२ को व्यवस्था गरी कार्यरत कर्मचारीको कानुनी सुरुक्षाको प्रत्याभूति कर्मचारी नेतृत्वकै पहलमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *